काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउदै उद्दारको लागी पहल गर्न माग गरेका हुन ।
उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??