एजेन्सी ।
हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनमा प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गएको वर्ष प्राकृतिक ग्यासको खपत ७ दशमलव ६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो ।
सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को त्यही अवधिको तुलनामा ९ दशमलव ५ प्रतिशतले बढेर ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।चीनले सन् २०२३ मा दुई अर्ब २९ अर्ब सात कराेड घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, यो सन् २०२२ को तुलनामा ५ दशमलव ८ प्रतिशतले बढी हो ।
गएको डिसेम्बर ७ मा चीनमा प्राकृतिक ग्यासको माग सन् २०४० मा झन्डै ६० खर्ब ५ अर्ब घनमिटर पुग्ने सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पाेरेशन (सीएनपीसी) को अर्थशास्त्र र प्रविधि अनुसन्धान संस्थानको तथ्याङ्कले देखाएको छ । प्राकृतिक ग्यासको प्रयोग घटाएर कार्बन उत्सर्जन कम गर्ने प्रयासमा ठूलो धक्काको रुपमा हेरिएको छ ।