spot_img
spot_img
spot_img

बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा

spot_img

नयाँ दिल्ली ।

बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् । यो तस्बिर देखेर उनका फ्यान छक्क परेका छन् । पोस्ट शेयर गर्दै ऋतिकले लेखेका छन्, ‘गुड आफ्टरनून तपाईँहरूमध्ये कतिलाई जिन्दगीमा कहिले कतै बैसाखी वा ह्विलचियरको आवश्यकता परेको थियो ? यसको सहारामा हिँड्नुपर्दा कस्तो महसुस भएको थियो ?’

अरूको अगाडि आफूलाई कमजोर नदेखाउन आफ्ना हजुरबुबाले एकपटक विमानस्थलमा ह्विलचियरमा चढ्नै नमानेको पनि उनले पोस्टमा बताएका छन् । चोट लागेकोले उनलाई ह्विलचियरमा बस्न भनिएको थियो । तर ऋतिकका हजुरबुबाले आफू बुढो भएकोले ह्विलचियरमा बस्न लगाए भन्ने सोचे । ह्विलचियरमा बसेनन्, पछि दुखाई बढ्यो उपचारमा पनि ढिलाइ भयो । आफूलाइै अरूको सामु बलियो छु भनेर देखाउनकै लागि बैसाखी वा ह्विलचियरको सहारा नलिनुलाई ऋतिक मूर्खता भन्छन् । समस्याहरूलाई बेवास्ता गर्नु राम्रो नभएको उनको भनाई छ ।

मङ्गलवार ऋतिकको मांसपेशी तन्कियो । यसका कारण उनलाई निकै पीडा भयो, राम्ररी उभिनै सकेनन् । अनि यो स्थितिमा उनले आफ्ना हजुरबालाई सम्झिए । अभिनेताको यो अवस्था देखेर उनका फ्यान पनि चिन्तित भएका छन् । उनको यो पोस्टमा बलिउडका कलाकारहरूले प्रतिक्रिया दिँदै छिटो निको हुने कामना गरेका छन् । ऋतिक रोशन हालै मात्र फाइटर फिल्ममा देखिएका थिए । उनको यो फिल्मले घरेलु बक्स अफिसमा २०० भन्दा धेरैको व्यापार गरेको थियो ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img