रुपन्देही ।
रुपन्देहीको देवदहमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवदह बुद्ध पब्लिक आवसिय मा.विको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि ग्रीन प्लान्ट आवसिय मा.विले हासिल गरेको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका उप सचिव टिकाराम शर्माले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन सकेमा शैक्षिक संगै व्यवहारिक ज्ञान समेत वृद्धि हुने बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण गैरे, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी लगाएतले बोल्नु भएको थियो।
प्रतियोगितामा १९ विद्यालयम मध्य दोस्रो चरणमा केरवानी माध्यमिक विद्यालय, ग्रीन पलान्ट आवसिय मा.वि, शान्ति नमुना मा.वि, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, अक्सफोर्ड मा.वि, सुनगाभा ईङ्लिस बोर्डिङ स्कुल प्रवेश गरेका थिए।
प्रतियोगितामा २२० अंक ल्याएर ग्रीन प्लान्ट ईङ्लिस बोर्डिङ स्कुल प्रथम, १५० अंक ल्याएर एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल दोस्रो, र १४० अंक ल्याएर सुनगाभा ईङ्लिस बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, विद्यार्थि अनुष्का खनालको स्वागत र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा भएको थियो।