काठमाडौं ।
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहको व्यहोरा जानकारी गराउनुहुने जनाईएको छ ।
यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले “प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० सभा समक्ष पेस गर्नुहुनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??