spot_img
spot_img
spot_img

भुक्तानी नपाएपछी किसानद्वारा सडकमै दूध पोखेर प्रदर्शन

spot_img

काठमाण्डौ ।

सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए।

किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालेले बताए ।

किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू पाउनुपर्ने भुक्तनी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् ।

त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । नचाहँदा नचाहँदै पनि सडकमा दूध पोख्न बाध्य भएको भन्दै किसानहरूले आक्रोश जनाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img