spot_img
spot_img
spot_img

विमान ल्यान्ड हुने बेलामा लेजर बिमले पाइलटको आँखा तिर्मिराएपछि…

spot_img

बैंगलुरु ।

बैंगलुरुबाट कोलकत्ता गइरहेको इन्डिगोको एउटा विमान ठुलो दुर्घटनाबाट जोगियो । इन्डिगोको फ्लाइट अवतरण हुनु भन्दा ठिक अघि पाइलटको आँखामा तेजिलो लेजर बिम ठोक्कियो । उज्यालोको कारण केही बेर पाइलटको आँखा तिर्मिरायो । उनले केही देखेनन् । उनी अक्क न बक्क भए ।

विमान कोलकत्ता विमानस्थलमा उत्रिनबाट केही किमी मात्रै पर थियो । विमानभित्र १६५ जना यात्री र ६ जना क्रू मेम्बर थिए । धावनमार्गमा ल्यान्ड हुन विमान तेज गतिमा तलतिर आउँदै गर्दा यो घटना भयो । घटना शुक्रबार साँझको थियो । केही बेरमै पाइलट सम्हालिए अनि कोलकत्ता एटसीलाई यसबारे सूचना दिए । विमान सुरक्षित रूपमा अवतरण भयो ।

लेजर बिमका कारण कुनै ठुलो दुर्घटना हुन पाएन । इन्डिगोले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यो यात्रीको सुरक्षाका लागि खतरनाक भएको कम्पनीको भनाई छ । यो मामिलामा कठोर कदम चाल्न कम्पनीले विधाननगर प्रहरीसँग अनुरोध गरेको छ । विमानस्थल आसपासको क्षेत्रमा यस्तो खालको बिम लाइट प्रतिबन्धित छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img