काठमाण्डौ ।
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको पराजय बेहोरेको छ ।
टियू क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले केवल एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए । शृंखलामा नेपालले खेलेका चारमध्ये ३ खेल हारेको छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।
त्यसपछिका दुवै खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग हार बेहोरेको हो। विश्वकप लिग २ मा नेपालको ४ खेलबाट २ अंक छ। नामिबियाको ४ खेलबाट ६ र नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक रहेको छ।