spot_img
spot_img
spot_img

जन्मदर बढाउन नवविवाहितलाई ७ लाख युआनको लटरीको टिकट

spot_img

एजेन्सी ।

यतिबेला चिनियाँ अधिकारीहरूको सबैभन्दा टाउँको दुखाईको विषय जन्मदर कसरी बढाउने भन्ने छ । जन्मदर उकास्न अधिकारीहरुले अनेकौं उपायहरू अपनाइरहेका छन् । सन् २०२३ मा चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको थियो ।

सन् २०१६ को तुलनामा नयाँ जन्म घटेर सो अवधिमा करीब आधामा आएको थियो । सन् २०२२ मा विवाह कीर्तिमानी न्यून स्तरमा ओर्लिएको थियो । चीनमा अविवाहित महिलाहरुलाई शिशु स्याहार भत्ता दिइदैंन । यस्तोमा विवाहका लागि प्रेरित गर्न सियान नगरले मार्च १ देखि विवाहको प्रमाण पत्र बुझाउने जुनसुकै जोडीलाई दोहोरो ‘सरप्राइज’को रुपमा एउटा लटरी टिकट दिने भएको छ ।

यसमा हरेक जोडीले ७ लाख युआन पाउनेछन् । यो अभियान नोभेम्बर ३० सम्म रहनेछ । बच्चा हुर्काउन विश्वको सबैभन्दा महँगो देशमध्येमा पर्दछ चीन । त्यहाँ लैंगिक विभेद कायमै छ । सन्तान हुर्काउन लाग्ने उच्च लागत, विवाह गर्ने अनिच्छा र करियर नै बिट मार्ने बस्नु पर्ने स्थितिका कारण सन्तानोत्पादनप्रति महिलाको रुची घटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img