बुटवल ।
बागलुङका एक व्यक्तिले बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बैंकलाई नै पत्र पठाएका छन्। जिल्लाको बागलुङ नगरपालिका ६ का चन्द्रबहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् ।
उनले पत्रमा लेखेका छन् , “म घरको मुली मान्छे चन्द्रबहादुर बिक त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया बिक कार्यालय सहयोगी भइ काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।”
उनले पत्रमा आफ्नो परिवारलाई घर खर्च पुग्ने ३ हजार मात्रै दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् ।