spot_img
spot_img
spot_img

गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघ्यो

spot_img

एजेन्सी ।

गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । इजरायलमाथि अन्तर्राष्ट्रिय समुदायले युद्धबिरामको दबाब बढाए पनि अमेरिकाको समर्थनमा उसले आफ्नो अभियान अघि बढाइरहेको छ । संयुक्त राष्ट्र संघमा तत्काल युद्धविरामको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गर्दै आइरहेको छ ।

हाल अधिकांश प्यालेस्टिनी जनता गाजाको दक्षिणी सहर राफामा खाँदिएर बसेका छन् । त्यहाँ करिब १० लाख जनता बस्दै आएका छन् । अब इजरायलले सो क्षेत्रमा पनि कारबाही अघि बढाउने तयारी गरेपछि मृतकको सङ्ख्या अझै बढ्नेमा चिन्ता व्यक्त गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र सर्वसाधारणको सङ्ख्या छुट्याउँदैन । तर, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको बताइएको छ। इजरायलले अक्टोबर ७ पछिको आफ्नो कारबाहीमा कम्तीमा १० हजार हमास लडाकु मारिएको बताएको छ।

सो दिन हमासका लडाकुले गरेको कारबाहीमा इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस दिन २५० जनालाई अपहरण गरेर गाजा लगिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img