काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्कुलको छात्रावासमा मृत फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युबारे छानविन हुने बताउनुभएको छ । चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत अवस्थामा भेटिएकी सालिनको मृत्युबारे गम्भीर छानविन हुने बताउदै सामाजिक सञ्जालमार्फत् पीडितलाई न्याय दिलाउन दृढ रहेको बताउनुभएको हो ।
यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबी छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??