spot_img
spot_img
spot_img

सामाजिक सञ्जालबाट करिब ५० लाख ठगी गर्ने ४ जना पक्राउ

spot_img

बुटवल ।

सामाजिक सञ्जालबाट करिब ५० लाख ठगी गर्ने ४ जना पक्राउ परेका छन । सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिब ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह रहेका छन् ।

यस्तै बारा कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा विरगंग १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिका लगायत देशहरूबाट पार्सल स्वरुपा सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज जस्तो प्रयोजनका लागि पैसा उठाउने गरेको पाइएको छ ।

उनीहरूको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img