spot_img
spot_img
spot_img

भारतीय अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढ्ने प्रक्षेपण

spot_img

काठमाण्डौ ।

यो वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्वव्यापी रेटिङ एजेन्सी मुडिजले सोमवार वृद्धि प्रक्षेपण यसअघिको ६ दशमलव १ प्रतिशतबाट बढाएर ६ दशमलव ८ प्रतिशतमा पुर्‍याएको हो । सन् २०२३ को आर्थिक तथ्याङ्क अपेक्षाकृत मजबुत रहेको अनि कारखाना क्षेत्रको गतिविधि बढिरहेको र पूर्वाधार क्षेत्रमा उच्च खर्चतर्फ औँल्याउँदै एजेन्सीले वृद्धि प्रक्षेपण बढाएको हो । मुडिज को पछिल्लो प्रक्षेपणअनुसार भारत जी–ट्वान्टी देशहरूमध्ये सबैभन्दा उच्च दरमा बढ्ने अर्थतन्त्र हुनेछ ।

सन् २०२३ को अन्तिम त्रैमासमा भारतको जीडीपी वार्षिक ८ दशमलव ४ प्रतिशतले बढेको थियो भने वर्षभरको वृद्धिदर ७ दशमलव ७ प्रतिशत थियो । सन् २०२५ मा भने भारतीय अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान मुडिज को छ । जीएसटी सङ्कलनमा भइरहेको वृद्धि, सवारी साधनको बिक्रीमा देखिएको बढोत्तरी, दोहोरो अङ्कले बढिरहेको ऋण आदि सबैले सहरी क्षेत्रमा उपभोक्ता माग लचिलो बनेको मुडिजको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img