काठमाडौ ।
आज तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिको शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई शपथ खुवाउनुभएको हो । यि तिनै मन्त्रीहरु विनाविभागीय मन्त्री हुन।
नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले मन्त्रीको शपथ लिनुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??