काठमाण्डौ ।
गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।
दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेले दुवै मन्त्रालय आफै मातहत राख्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??