spot_img
spot_img
spot_img

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त

spot_img

बुटवल ।

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन । संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा महेश बर्तौला र सुनिता बराललाई मनोनयन गरेका हुन् । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो । सचेतक बनेकी बराल समानुपातिक सांसद  हुन्। बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन् ।

प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img