spot_img
spot_img
spot_img

दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सम्पन्न

spot_img

देवदह ।

दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० सम्पन्न भएको छ। नेपाल वादोरियो करातें डो संघ, लुम्बिनी प्रदेश र देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले खेललाई मनोरञ्जन र स्वास्थ्य सङ्गै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा जोड दिदै हरेक क्षेत्रमा खेलकुद प्रतिष्ठान गठन गरे मात्र खेलाडी उत्पादन हुने बताउनुभयो । उहाले शिक्षा संग संगै खेलकुदलाई जोडेर लान आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, नेकपा एमाले नगर कमिटी अध्यक्ष केशव भट्टराई, नेपाली काङ्ग्रेस नगर सभापति गुणाखर भुर्तेल, नेकपा एसका डिल्लीराम सापकोटा लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

प्रतियोगितामा ९ गोल्ड सहित नेपाल प्रथम, ४ गोल्ड सहित भारत दोस्रो र ३ गोल्ड सहित बंगलादेश तेश्रो भएको एकेडेमीका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष शोभाखर पन्थले जानकारी दिनु भयो। प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश गरी करिब ३०० जना खेलाडीहरुको प्रतिस्पर्धा रहेको थियो ।

कार्यक्रम नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको अध्यक्षता र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img