काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्ने भएको छ । बैठक आज सोमबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्ने पार्टीले जनाएको छ । आज बस्ने बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुनुका साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।
भर्खर मात्रै रास्वपा ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??