बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशको प्रदेश प्रमुख स्काउट, प्रदेश प्रमुख आयुक्त तथा प्रदेश स्काउट परिषद सदस्यहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट चन्द्रकेश गुप्ताको दीक्षान्त नेपाल स्काउट राष्ट्रिय शुसासन, श्रोत तथा वित्त बिकास आयुक्त गुणखर गैरेबाट भएको छ भने सोही अवसरमा सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट गुप्ताले नव नियुक्त प्रदेश प्रमुख आयुक्त दिननाथ भट्टराई र प्रदेश परिषद सदस्य दीक्षित गराउनु भएको हो ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री एवं प्रदेश प्रमुख स्काउट गुप्ताले राष्ट्लाई जोगाउन युवाहरूको भुमिका महत्त्वपूर्ण रहने सामाजिक बताउनु भयो । पछिल्लो समय देशका सम्पति युवाहरु विदेशी गईरहदा भने यता स्काउटले युवाको विकास र युवाको क्षेत्रमा काम गरेको देख्दा धेरै खुसी लागेको गरेको बताउनु भयो । आउने दिनमा प्रदेशमा अझै स्काउटमा बालबालीका र युवाको संङख्यालाई बढाउन आग्रह गर्नु भयो । सामाजिक बिकास मन्त्रालयले २०८०,८१ मा स्काउटलाई अगाडि बढाउन बजेट छुटाउने समेत मन्त्री एवं प्रदेश प्रमुख स्काउट गुप्ताले प्रतिबद्धता गर्नु भयो ।
मन्त्री एवं प्रदेश प्रमुख स्काउट गुप्ताले राजनीति फेरबदलका कतिपय विकासका गतिविधिमा समस्या परेको बताउनु भयो । नव नियुक्त प्रदेश प्रमुख आयुक्त दिननाथ भट्टराईले आफुले स्काउट प्रदेशको कार्यभार समाले देखि अहिलेसम्म प्रदेशमा गरेको रचनात्मक कामको बारेमा बताउनु भएको थियो। साथै उहाँले स्काउटलाई विस्तार गर्दै बालबालिका देखि युवाको क्षेत्रमा काम गरेको बताउनु भयो ।
साथै उहाँले प्रदेशले कोभिडको बेलामा गरेका काम देखि महिनाबारि सचेतना, लागुपदार्थदुर्वेशनि लगायका सचेतनामुलक कार्यक्रमले विद्यालय र समाजमा राम्रो प्रभाव परेको बताउनु भयो । प्रमुख आयुक्त भट्टराईले अघिल्लो तदर्थ समतिमा गरेका कामको चर्चा गर्दै प्रदेश प्रमुख स्काउटलाइ प्रगति प्रतिबेदन समेत बुझाउदै बजेटमा देखिएका समस्याहरुलाइ मन्त्रालयले सहजीकरण गर्दिन आग्रह गर्नु भयो।
नेपाल स्काउट राष्ट्रिय शुसासन, श्रोत तथा वित्त बिकास आयुक्त गुणखर गैरेले प्रदेश स्काउटले हिजोको दिन देखि गरेका कामको समेत प्रशंसा गर्दै प्रदेशमा स्काउटलाई नमुना बनाउन सबैले जोड दिनु पर्ने बताउनु भयो । साथै उहाँले समाजमा हुने विकृति विसंगतिलाई रोक्न स्काउटको भुमिका महत्त्वपूर्ण रहेको स्पष्ट् पार्नु भयो । स्काउट मास्टर आनन्द प्रसाद गुप्ताले स्काउटले बालबालिकालाई अनुशासन बनाउन जोड दिने बताउदै प्रत्येक विद्यालयमा स्काउट सञ्चालन हुनु पर्ने बताउनु भयो ।साथै उहाँले हरेक जिल्लामा स्काउटले धेरै राम्रा काम गरेको बताउदै तिनै तहका सरकारले स्काउटलाई अगाडि बढाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।
दिक्षान्त समारोह लगत्तै प्रदेश प्रमुख स्काउट तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताको अध्यक्षतामा बसेको प्रदेश परिषद्को पहिलो बैठकबाट ११ सदस्यीय कार्यसमिति चयन भएको नेपाल स्काउट प्रदेश परिषद सदस्य तथा कार्यसमिति सदस्य भगवती न्यौपानेले जानकारी दिनु भयो ।
प्रदेश अधिकृत तारा पुरीले सञ्चलन गरेको कार्यक्रममा प्रदेश स्काउट प्रमुख आयुक्त, प्रदेश कार्यकारी समिति पदाधिकारी तथा सदस्यहरुले पनि आफ्नो पदभार ग्रहण गर्नभयो ।
पदभार ग्रहण लगत्तै बसेको प्रदेश कार्यकारी समितिको बैठकले विभिन्न महत्वपूर्ण बिषयमा छलफल तथा निर्णय भएको छ ।