spot_img
spot_img
spot_img

लुम्बिनी विकास कोषभित्र संचालित सम्पर्ण होटल तथा लजहरु बन्द गर्न माग

spot_img

दिनेशप्रसाद लोध, रुपन्देही ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीका विहार तथा गुम्बाहरुमा होटल सन्चालनमा ल्याउदा लुम्बिनी कोष बाहिर करोडौ लगानी गरेर खेलिएका होटलहरुबन्द हुने अवस्थामा पुगेका छन। लुम्बिनीवासीको जग्गा अधिग्रहण गरी स्थानीयलाई रोजगारी दिने भनि लुम्बिनी विकास कोषको लचिलोपनले विहार गुम्बाहरुमा होटल सन्चालनले लुम्बिनी बाहिर क्षेत्रका होटल बन्द अवस्थामा पुग्न लागेको हो ।

लुम्बिनी कोष भित्रका गुम्बा तथा विहारमा पुजा र ध्यान गर्ने थलो भएता पनि तिनै बिहारहरुमा आवासिय रुपमा व्यावसायिक होटल सन्चालन गर्दा स्थानियको रोजगारी समेत गुमेको छ। लुम्बिनीमा करिब ९० होटलहरु रहेको र ति होटलहरुमा करिब १५ अर्ब भन्दा बढी लगानी रहेको छ। कोष भित्र रहेका बिहारहरुमा संचालित होटलहरुका कारण कोष बाहिरका होटलहरुमा कुनै पर्यटक तथा ग्राहक नआएका कारण १५ वटा होटल बन्द भईसकेको र २० होटल बन्द हुने अवस्थामा पुगेको छ ।

लुम्बिनी विकास कोषको स्थापना पश्चात लुम्बिनीमा क्षेत्रमा कलकारखाना खोल्न नपाइने भएकोले पर्यटन व्यवसायको सम्भावना बोकेको यस क्षेत्रमा होटल व्यवसायमा लगानी गरेका ब्यबसायीहरु लुम्बिनी विकास कोषको अपर्शिता नीतिका कारण चर्को मारमा पर्दै आइरहेका छन । लुम्बिनी कोष भित्र गुम्बा तथा विहारहरुमा संचालित होटलहरुमा पर्यटक सुताउने, खाना खुवाउने देखि पाँच तारे होटल संचालन सम्म हुदै अझै गुम्बा विहारमा नयाँ होटल बन्दै गर्नाले होटल ब्यबसाय नै धराप हुने स्थितिमा पुगेको छ ।

लुम्बिनीको पर्यटकीय क्षेत्रमा यस्तो संकट यस अघि कहिले देखिएको थिएन । लुम्बिनी भित्र विभिन्न देशका गुम्बाहरुमा होटल सन्चालन भएका बाहिरका होटल व्यवसायमा असर परेको भन्दै लुम्बिनी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघले कोष भित्र संचालित सम्पर्ण होटल तथा लजहरु अबिलम्ब बन्द गर्न माग सहित ज्ञापन पत्र बुझाएको छ।

ज्ञापनपत्रमा लुम्बिनी मौजमस्ती र रमाइलो गर्ने थलो नभई अत्याध्यमिक ध्यान गर्ने थलो ठाउँ भएकाले बुद्धको वाणीलाई आत्मसात गरी लुम्बिनीलाई विश्व शान्ति क्षेत्रको रुपमा बिकास गरि स्थानीयको जग्गा अधिग्रहण गरिएको बेला स्थानीय र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरिएको प्रतिबद्धता तत्काल पुरा गर्नुपर्ने माग उल्लेख गरिएको छ। यस्तै ६-७ वर्षमा निर्माण सम्पन्न गरिनु पर्ने गुरुयोजना ५० वर्ष पुग्न लाग्दा सम्म पनि अपुरो र अधुरो मात्र होइन गुरुयोजनाको मूल मर्म र भावना माथि प्रहार भएकोले अबिलम्ब विहार गुम्बाहरु होटल सन्चालनमा रोक लगाउनु पर्ने संघका अध्यक्ष गोविन्द ज्ञवालीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ।

अध्यक्ष ज्ञवालीले ज्ञापनपत्र मार्फत लुम्बिनी विकास कोषको जिम्मेवारी लिएको नेपाल सरकार, सम्बन्धित मन्त्रालय र मन्त्री र लुम्बिनी विकास कोषका वर्तमान पदाधिकारीहरुलाई ७ दिन भित्र तत्काल समस्याको समाधान खोज्न आग्रह गर्नु भएको छ। संघको ज्ञापनपत्र ग्रहण गर्दै लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले व्यवसायीको माग सम्बोधनका लागि कोष प्रतिबद्ध रहेको बताउनुभएको छ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा लुम्बिनी होटल संघ नेपालको अध्यक्ष गोविन्द ज्ञवाली सहित संघका बरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, उपाध्यक्ष शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाद कडेंल ,सचिब भुपेन्द्र गुरुङ, सह कोषाध्यक्ष पुष्पाखर न्यौपाने लगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img