spot_img
spot_img
spot_img

भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको १३ खर्ब भारु डुब्यो

spot_img

काठमाण्डौ ।

भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो । दिउँसो २ः३० बजे सेन्सेक्स १ हजार ४६ अङ्कले घटेर ७२ हजार ६२१ अङ्कमा आएको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो १ दशमलव ४२ प्रतिशत कम थियो । योसँगै बीएसईमा सूचिकृत कम्पनीहरूले केही घण्टाको अन्तरालमै १२ खर्ब देखि १३ खर्ब भारुबिचको बजार पुँजीकरण गुमाए।

अर्को प्रमुख शेयर परिसूचक निफ्टी १ दशमलव ७४ प्रतिशत अर्थात् ३८८ अङ्कले घटेर २१ हजार ९४७ अङ्कमा आएको थियो । अन्य सूचकाङ्कहरू पनि रक्ताम्मे थिए । अघिल्लो रात अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेका थिए । यो वृद्धिलाई बेवास्ता गर्दै भारतीय बजारमा भने हाहाकार देखियो । मार्चमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयर किन्न थालेका थिए ।

यो महिनाको अहिलेसम्मको अवधिमा ३ खर्ब लगानी  भित्रिएको थियो । यस्तोमा शेयर बजार रक्ताम्मे हुनुमा बाह्य भन्दा पनि आन्तरिक कारणहरू जिम्मेवार देखिएका छन् ।

  • किन धराशायी बन्यो बजार ?

हालैका दिनमा सेबी प्रमुखले मिडक्याप र स्मल क्याप शेयरबारे चिन्ता व्यक्त गरेका थिए । यी शेयरहरूमाथि हेराफेरीको सङ्केत मिलेको भन्दै उनले यिनीहरूमाथि वक्रदृष्टि राख्ने बताएका थिए । एसएमईहरूको आईपीओमा पनि गडबडीको सङ्केत भएको बताइएको थियो । यसप्रति उनले लगानीकर्ताहरूलाई सतर्क रहन भनेका थिए । सेबीको यो अभिव्यक्ति पछि शेयर बजारको मनोबल फेरिएको हो । यसकै असरले बजारमा सेल अफ देखिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img