बुटवल ।
देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा बिस्तारै गर्मी हुन थालेसङ्गै जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाका अनुसार भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
यसैबीच पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही ठाउँमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??