spot_img
spot_img
spot_img

४० घण्टाको अपरेसनपछि भारतीय नौसेनासामु ३५ समुद्री लुटेराद्वारा आत्मसमर्पण

spot_img

काठमाण्डौ ।

भारतका युद्धक जहाज आईएनएस कोलकाता अरब सागरमा ३५ जना समुद्री लुटेराहरूलाई घेराउ गरी आत्मसमर्पण गराउन सफल भएको छ । भारतीय नौसेनाका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार ४० घण्टासम्म चलेको अपरेसनपछि अपहरित जहाज एमबी रुएनबाट चालक दलका सबै १७ सदस्यलाई सकुशल उद्धार गर्न सफल भएको हो ।

जहाजमा खोजी गरी त्यहाँ रहेका अवैध हतियार, गोलाबरुद र प्रतिबन्धित सामग्री हटाइएको पनि प्रवक्ताले जानकारी दिएका छन् । सबै समुद्री लुटेराहरू सोमालियाका थिए ।  –बीबीसी हिन्दी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img