रुपन्देही ।
मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको सडक दुर्घटनामा परि ज्यान गएको छ ।
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गएराति कार र मोटरसाइकल ठोक्किँदा रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको ज्यान गएको प्रहरीले जनाएकाे छ ।
बा २१ च ७५५३ नम्बरको कारले प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा चढेका रावतलाई ठक्कर दिएकाे थियाे । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??