spot_img
spot_img
spot_img

भारतमा तीव्र गतिमा दौडिरहेको रेलको चार वटा डिब्बा बाहिर निस्कियो

spot_img

एजेन्सी ।

सोमबार बिहान भारतको अजमेर स्टेशन नजिक एउटा (सुपर फास्ट) तीव्र गतिमा दौडिरहेको रेलको चारवटा डिब्बा लिकबाट बाहिर आएको छ । यो घटना साबरमती–आगरा फास्ट ट्रेनमा भएको हो । यो दुर्घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ । दुर्घटनामा कोही घाइते भएका छैनन् । दुघर्टना राति एक बजे आसपास भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । रेल आगरा गइरहेको थियो ।

‘यो घटना रेल अजमेर स्टेशन पार गरेर मदार स्टेशन पुग्नेवाला थियो । अहिलेसम्म रेल लिकबाट किन उत्रियो भन्ने चाँहि पत्ता लागेको छैन ।’ उत्तर पश्चिम रेल्वे जनसम्पर्क अधिकारीले भनेको भन्दै सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले समाचार लेखेको छ । यो घटनामा कुनै पनि व्यक्ति हताहत नभएको ती अधिकारीले बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img