spot_img
spot_img
spot_img

सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने प्रधानमन्त्रीको भनाई

spot_img

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभएको छ । आज मंगलबार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले न्युनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभयो । उहाँले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img