काठमाडौं ।
हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोहि प्रभावका कारण देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
जसले गर्दा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम विभागले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??