spot_img
spot_img
spot_img

मस्कको न्युरालिङ्क ब्रेन चिप प्रोजेक्ट सफल, पक्षघातका बिरामीले सोचेरै खेले भिडियो गेम

spot_img

एजेन्सी ।

अमेरिकी खर्ब पति व्यापारी एलन मस्कको कम्पनी न्युरालिङ्कको परीक्षण सफल भएको छ । न्युरालिङ्कको ब्रेन चिप प्रोजेक्टमा सहभागी पहिलो व्यक्ति नोल्यान्ड अर्बगले सोचेकै भरमा भिडियो गेम र चेस खेलेर देखाइदिएका छन् । उनले गेम खेलेको नौ मिनेटको यो भिडियो न्युरालिङ्कले एक्समा लाइभ गरेको थियो । यसमा अर्बगले भिडियो गेम खेलिरहेको देखिन्छन् । २९ वर्षका पक्षघातका बिरामी हुन् अर्बग । अर्बगलाई भिडियो गेम खेल्न निकै मन पर्थ्यो । एउटा दुघर्टनामा स्पाइनल कर्डमा चोट लागेपछि उनी हलचल गर्न नसक्ने भएका थिए । उनको मस्तिष्कमा न्युरालिङ्कको चिप जडान गरिएको छ । यो चीपको सहायताले आफूले सोचेकै भरमा भिडियो खेल खेल्न सकेपछि उनी कम्पनीप्रति कृतज्ञ भएका छन् ।

चिप प्रत्यारोपण गाह्रो नभएको अनि आफूलाई चिप राखेको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको उनको भनाइ छ । पक्षघात भएपछि उनले भिडियो गेम खोल्नै छाडिदिएका थिए । तर अहिले आफूले मज्जाले घन्टौंसम्म भिडियो गेमहरु खेल्न सक्ने उनी बताउँछन् । कम्प्युटरलाई नियन्त्रित गर्न अर्बगले सोचेकै भरमा कम्प्युटरको कसरी कसरी नियन्त्रित गर्ने भन्ने सिके । उनले हातले क्रसरलाई दायाँ बायाँ सारेको कल्पना गरे पुग्थ्यो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img