देवदह । नेकपा एमाले देवदह ८ को शाखा कमिटी अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । वडा कमिटीको दोस्रो अधिवेशनबाट लेखनाथ भट्टराईको अध्यक्षमा २१ सदस्यीय वडा कमिटी निर्बिरोध निर्वाचित भएको हो।
वडा कमिटीको उपाध्यक्षमा दिलबहादुर सिंजाली, सचिवमा शक्तिराम भण्डारी, उप सचिवमा रेशम बहादुर पुन र विष्णु खनाल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कुन्ता खाम्चा, गंगाराम ढकाल, गणेश लामा, इमान सिंह गुरुङ, सिता पाण्डे, जीविका गैरे बिक, देउमाया पुन, भुवन थापा, बासुदेव खनाल, हेमा बस्याल, दुर्गा थापा, भिम बहादुर विक, केशविर दर्लामी, कमला खड्का, सावित्रा सुनार निर्वाचित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव तथा रुपन्देही क्षेत्र नं १ का सांसद छबिलाल विश्वकर्माले नेकपा एमालेको जनआधार भनेको पार्टी सदस्य र स्थानीय कमिटी भएको बताउदै जनताको घर घरमा पुगेर जनताको समस्या बुझ्ने र त्यसको समाधान गर्ने कुरामा अग्रसरता लिनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाले जनता संग नङ र मासुको सम्बन्ध राख्न आग्रह गर्नुभयो ।
उहाले नागरिकको सुख दुखमा पार्टी र जनप्रतिनिधिले साथ दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाले भुमिहिन अव्यवस्थित वसोवासको समस्या लगाएतका यावत समस्या समाधान गर्न आफु निरन्तर लागि रहेको बताउनुभयो । आम नागरिकको हातमा लालपुर्जा पुर्याउनुको साथे जनताले दैनिक रुपमा भोग्न परेका समस्या समाधान गराउन सरकारलाई जोड दिने काम भै रहेको समेत उहाले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङ, जिल्ला सदस्य तथा क्षेत्रीय सह ईन्चार्ज प्रकाश अर्याल, नगर कमिटी ईन्चार्ज यम राना, जिल्ला विभाग सदस्य तथा वडा अध्यक्ष हरि प्रसाद पाण्डेय, पुर्व क्षेत्रीय कमिटी सदस्य तथा निवर्तमान वडा अध्यक्ष डण्डापानी भट्टराई, नगर कमिटी सल्लाहकार दाताराम अर्याल, पुर्व नगर कमिटी सदस्य अर्जुन खनाल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रम शाखा कमिटीका कार्यवाहक अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षता, कालिका अर्यालको स्वागत र लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।