spot_img
spot_img
spot_img

आईपीएलमा पञ्जाबको विजयी सुरुवात

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो । पञ्जाबलाई जीत दिलाउन साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले ।

प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए । दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । टोलीका लागि शाई होपले ३३ तथा अभिषेक पोरेलले ३२ रन बनाएका थिए । त्यस्तै, डेभिड वार्नरले २९ तथा अक्षर पटेलले २१ रनको योगदान दिए ।

पञ्जाबका लागि हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए । कागिसो रबाडा, हरप्रित ब्रार र राहुल चाहरले १–१ विकेट हात पारे । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img