एजेन्सी ।
ब्रसेल्स । यूरोपेली संघ (ईयू)ले विश्वका सबैभन्दा ठुला तीन वटा प्राविधिक कम्पनीलाई छानबिनको घेरामा राखेको छ । प्रतिस्पर्धा मिच्ने अभ्यास गरेको मामिलामा ईयूले फेसबुकको माउ कम्पनी मेटा, एप्पल र गुगलको माउ कम्पनी अल्फाबेटमाथि छानबिन गर्न लागेको हो ।कम्पनीहरू सन् २०२२ मा लागु गरिएको डिजिटल बजार ऐन (डीएमए) कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन गर्न लागिएको हो ।
कम्पनीहरूले यो कानुन मिचेको भेटिएमा वार्षिक कमाएको १० प्रतिशतसम्म जरिवाना तिर्नु पर्नेछ । ईयूको प्रतिस्पर्धा हेर्ने निकायका हाकिम मार्गरेथ भेष्टागरले सोमबार छानबिनको घोषणा गरेका हुन् । डीएमए कानूनको दायरामा ६ वटा कम्पनी परेका छन् । यी कम्पनी अल्फाबेट, मेटा, एप्पल, एमाजन, माइक्रोसफ्ट र बाइटडान्स हुन् । यिनीहरू विश्वको सबैभन्दा ठुला प्रविधि कम्पनी पनि हुन् ।
तर यीमध्ये कुनै पनि कम्पनी यूरोपका होइनन् । बाइटडान्स चिनियाँ कम्पनी हो भने बाँकी सबै अमेरिकी कम्पनी हुन् । ईयूले म्युजिक स्ट्रिमिङ सेवामा मनपरी गरेको भन्दै ईयूले १ अर्ब ८० करोड यूरो तिराएको दुई हप्ता नबित्दै कम्पनीमाथि अर्को छानबिन सुरु भएको हो।