काठमाडौं ।
जनकपुरधाममा बुधबार होली मनाइएको छ। बुधबार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको हो। तराईका अन्य ठाउँमा भने सोमबार नै होली मनाइएको हो।
हिमाली र पहाडी जिल्लाहरुमा आइतबार तथा तराईका अन्य जिल्लाहरुमा सोमबार होली मनाइसकिएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??