spot_img
spot_img
spot_img

यस वर्षको एसईई परिक्षा आजबाट सुरु, ५ लाख बढी परिक्षार्थी सहभागी

spot_img

काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी भएका छन भने देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक परीक्षाको नतिजा प्रणाली परिवर्तन गरेको छ  । बोर्डका अनुसार हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याएको विद्यार्थी मात्रै उत्तीर्ण हुनेछन् । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम बनाईएको छ भने प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img