spot_img
spot_img
spot_img

‘साइबर क्राइम’ गर्ने गिरोहको पञ्जामा परेका २५० भारतीयको उद्धार

spot_img

एजेन्सी ।

भारत सरकारले कम्बोडियामा जबरजस्ती ‘अनलाइन ठगी’ गराउने गिरोहको पञ्जामा परेका आफ्ना २५० नागरिकको उद्धार गरेको छ । उनीहरूलाई अन्य काम दिने बहानामा कम्बोडिया लगिएको थियो । तर त्यहाँ उनीहरूलाई गैरकानूनी साइबर गतिविधि गर्न बाध्य पारिएको भारतको विदेश मन्त्रालयले बताएको छ ।

कम्बोडियामा काम गर्न बाध्य भारतीयको संख्या पाँच हजारभन्दा बढी रहेको हुन सक्ने बताइएको छ । कम्बोडियामा केही गिरोहले अनलाइन ठगीको नेटवर्क नै चलाइरहेका छन् । यसका लागि उनीहरूले विशेष गरी युवाहरू र प्रविधिमा रुचि राख्नेहरू व्यक्तिहरूलाई राम्रो जागिरको प्रलोभन लोभ देखाएर कम्बोडिया बोलाउने अनि सम्पत्ति शुद्धीकरण र क्रिप्टोकरेन्सी सम्बन्धी ठगीजस्ता गैरकानूनी गतिविधिमा संलग्न गराउने गरेको पाइएको छ ।

यो गिरोहले बन्धक बनाएका मानिसहरूलाई लभ स्क्याम गर्न लगाउने अर्थात् ‘ब्वायफ्रेण्ड’ वा ‘गर्लफ्रेन्ड’ बनाएर ठगी पनि गर्दै आएका छन् । सन् २०२३ मा अगस्टाद्वारा प्रकाशित संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार म्यानमारमा कम्तीमा १२० हजार मानिस अवैध साइबर गतिविधिमा संलग्न छन् रिपोर्टमा कम्बोडियामा यस्ता पीडितको संख्या कम्तीमा एक लाख रहेको बताइएको छ।

गत मार्चमा फिलिपिन्स प्रहरीले यस्तो गैरकानुनी काममा बाध्य भएका सयौँ मानिसहरूलाई उद्धार गरेको थियो । त्यसको केही साताअघि चीनले म्यानमारमा यसरी काम गर्ने सयौँ नागरिकको उद्धार गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालेका अनुसार भारतले कम्बोडियाका सम्बन्धित अधिकारीहरूसँग ठगी गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न सहयोग गरिरहेको छ । हालसम्म उद्धार गरिएका २५० जनामध्ये ७५ जनाको पछिल्लो तीन महिनामा उद्धार भएको भारतीय अधिकारीहरूले बताएका छन् । बाँकी कहिले बचाइयो भन्ने खुलासा गरिएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img