spot_img
spot_img
spot_img

आईपीएलमा कम्ब्याकको तयारीमा सूर्यकुमार

spot_img

एजेन्सी ।

मुम्बई इन्डियन्सका ब्याटर सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) मा टोलीका लागि खेल्न तयार भएका छन् । क्रिकबजको रिपोर्टअनुसार नेसनल क्रिकेट एकाडेमी (एनसीए) ले सूर्यकुमारलाई खेल्न अनुमति दिएको हो । उनी अप्रिल ५ मा मुम्बई इन्डियन्सको टोलीसँग जोडिनेछन् । यद्यपि, यसबारे मुम्बईले कुनै पनि औपचारिक जानकारी दिएको छैन ।

पूरै फिट नभएको कारण सूर्यकुमारले सुरुवाती तीन खेलमा खेल्न पाएका थिएनन् । यस वर्षको जनवरीमा सूर्यकुमारको जर्मनीमा सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उनी एनसीएमा फिट हुने प्रयास गरिरहेका थिए। उनी सन् २०२३ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा फिल्डिङका दौरान घाइते भएका थिए ।

मुम्बईले आगामी खेल ७ अप्रिलमा दिल्ली क्यापिटल्स विरुद्ध वानखेडे रंगशालामा खेल्नेछ । यो सिजन मुम्बईको सुरुवात राम्रो हुन सकेको छैन । नयाँ कप्तान हार्दिक पाण्ड्याको नेतृत्वमा टोलीले लगातार ती खेल गुमाइसकेको छ ।

सूर्यकुमारले आईपीएलका १३९ खेलमा १४३.३२ को औसतले ३ हजार २४९ रन बनाएका छन् । उनले पछिल्लो सिजन मुम्बईका लागि १६ खेलमा ४२.२१ को औसतले ६०५ रन बनाएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img