काठमाडौं ।
माओवादी केन्द्रका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । एमाले लगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएपछि महराले आज बिहान ४८ सांसदको हस्ताक्षर पेश गर्नुभएको थियो । मुख्यमन्त्री महराको शपथ ग्रहण आगामी आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??