spot_img
spot_img
spot_img

यो हो विश्वको सबैभन्दा ठूलो क्यामरा !

spot_img

काठमाण्डौ ।

विश्वको सबैभन्दा ठुलो क्यामरा क्यामरा प्रयोगका लागि तयार भएको छ । विश्वको सबैभन्दा ठुलो लेन्स जडान गरिएको यो क्यामरा चिलीको भेरा सी रुबिन अब्सर्भेटरीमा राखिनेछ । यो क्यामराले १० वर्षसम्म एक हजार ओटा ३ हजार २०० मेगापिक्सलको फोटो खिच्नेछ । यो क्यामराको तौल ३ टन बराबरको छ ।

झट्ट हेर्दा यो सानो कार जस्तै देखिन्छ । क्यामरालाई स्ट्यान्फोर्ड विश्वविद्यालयको एलएसएसी नेशनल एक्सिलरेटर ल्याबमा बनाइरहेको छ । क्यामराको अगाडिको लेन्स ५ फिटभन्दा ठुलो छ । यसको फोकल प्लेन भने कष्टम डिजाइन गरेर तयार पारिएको २०१ ओटा सीसीसी सेन्सर छ । यसबाट खिचिने फोटो यति विस्तृत हुन्छ कि १५ माइल टाढाबाट पनि गल्फको बलको एचडी तस्वीर खिच्न सकिनेछ ।

यो क्यामरामा विगत २० वर्षदेखि काम भइरहेको थियो । निकै निकै परिष्कृत र आधुनिक छ । यसको सहायताले अहिलेसम्म मान्छेको आँखा नपुगेको ब्रम्हान्डको कुनामा समेत पुग्न सकिने बताइएको छ । यसले जापानले बनाएको विश्वको सबैभन्दा शक्तिशाली क्यामरा हाइपर सुप्रिम क्यामको रेकर्ड पनि तोडेको छ । यो क्यामरा ८५० मेगापिक्सको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img