काठमाण्डौ ।
नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि जितेको छ। नेपालले आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्यो। एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो। १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो। गुजरातका कप्तान उमांगले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।
प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए। नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??