काठमाण्डौ ।
नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा गायिका खुशी थुलुङ राईको पहिलो गिती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै सांसद किराँतीले नेपालमा इमान्दारिताको खडेरी परेको बताउनुभयो ।
राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने बताउनुभयो । उहाँले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??