काठमाण्डौ ।
प्रतिनिधि सभाको बैठक मंगलबार सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गर्दै सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउनु पर्ने मागमा कांग्रेस अडिक छ । सोही कारण आजको बैठक सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
यसअघि मंगलबार बिहान बसेको बैठक कांग्रेस सांसदहरूले अवरोध गरेर अघि बढ्न नदिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??