spot_img
spot_img
spot_img

न्यू लुम्बिनी ई.बो स्कुल र श्रीकृष्ण पोलिक्लिनिक प्रा.लि बिच सम्झौता

spot_img

बुटवल ।

रुपन्देही देवदह ५ गोठादी मार्ग, दुर्गा चोकमा रहेको न्यू लुम्बिनी ई.बो स्कुल र श्रीकृष्ण पोलिक्लिनिक प्रा.लि, देवदह खैरेनी बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । विद्यालयको तर्फबाट प्रिन्सिपल विनोद थापा मगर र पोलिक्लिनिकका तर्फबाट अध्यक्ष डा.कृष्ण प्रसाद गैरे द्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार विद्यालयका विद्यार्थीहरु, अभिभावक र शिक्षक कर्मचारीहरुले परिचय पत्रको आधारमा ओ.पि.डि. (मेडिकल अधिकृत) टिकटमा ५०% छुटको व्यवस्था, डिजिटल एक्स रे, भिडियो एक्सरे र इसिजी सेवामा १०% छुटको व्यवस्था, क्लिनिकमा उपलब्ध ल्याब परीक्षणमा १०-१५% छुटको व्यवस्था, प्रोसिडियर/ड्रेसिङ शूल्कमा १०% छुटको व्यवस्था, वेड चार्जमा २५% छुटको व्यवस्था, औषधीमा ३-५% (प्रकृती अनुसार) छुटको व्यवस्था रहेको छ ।

त्यस्तै होलबडि परिक्षणमा १०% छुटको व्यवस्था, विशेषज्ञ चिकित्सक परामर्शमा भने छुट हुने छैन । उक्त छुट प्राप्त गर्नको लागि अनिवार्य रुपमा विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको परिचय पत्र देखाउनुपर्ने छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img