काठमाण्डाै ।
‘एअर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाण्डाै विश्वको प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । देशका विभिन्न ठाउँमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एअर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाण्डाैकाे वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । हिजो एक्यूआई दुई सय पुगेको थियो।
बढ्दो डढेलोसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण पनि बढेको वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??