रुकुमकोट ।
नेकपा (एमाले) केन्द्रिय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभएको छ । नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस यात २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनुभयो ।
प्रमुख अथिती समेत रहनुभएको पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ, धर्म, सस्कृती, धार्मिक सहिष्णुता सहितको सद्भाव र एकता कायम हुने गरि एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार नेकपा एमालेको भएको बताउनु भयो । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नागाबन्दी भोग्नुपरेको बताउदै केन्द्रिय सचिव अर्यालले इतिहास सहि ढङले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गर्नुभएको थियो ।