पर्वत ।
पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मोदी गाउँपालिका वडा नं. १ कि एक महिला र वडा नं. ७ राम्जा देउरालीमा एक पुरुषको मृत्यु भएको हो ।
घरको पिढीमा बसिरहेको बेला ५८ वर्षिया प्रेम कुमारी शाही र राम्जा देउरालीस्थित स्थानीय जीवनज्योती प्राथमिक विद्यालयका बहालवाला शिक्षक ५७ वर्षिय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
शनिवार साँझ साढे ६ बजेको समयमा आफ्नै घरको पिढिमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।