spot_img
spot_img
spot_img

झुक्किएर गलत जोडीको सम्बन्ध विच्छेद!

spot_img

एजेन्सी ।

लन्डनमा ल फर्मका एक वकिलले गरेको सामान्य त्रुटिका कारण गलत जोडीको सम्बन्ध विच्छेद भएको छ । लन्डनको चर्चित ल फर्म भाड्र्यागका एक जना वकिलले सम्बन्ध विच्छेद गराउन झुक्किएर गलत नाम छानेका थिए । पीडित जोडीले सम्बन्ध विच्छेदको फैसला उल्ट्याउन गरेको अनुरोध वरिष्ठ न्यायाधीशले अस्वीकार गरेका छन् ।

सन् २०२३ मा सम्बन्ध विच्छेद नहुँदासम्म विलियम्स थरका ती जोडी २१ वर्षदेखि विवाह बन्धनमा थिए । भाड्र्यागका एक वकिलले झुक्किएर सम्बन्ध विच्छेदको अन्तिम फैसलाका लागि अनलाइन पोर्टलमा उनीहरूको नाम छान्दा जोडी पारपाचुकेपछिको वित्तीय सहमति कस्तो हुने भन्ने प्रक्रियामै थिए । तर २१ मिनेटमै उनीहरूको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेदबारे अन्तिम निर्णयप्रतिको सर्वसाधारणको विश्वास बढी महत्त्वपूर्ण भन्दै यस त्रुटिलाई उल्ट्याउन गरेको सबै प्रयासलाई न्यायाधीशले अस्वीकार गरेका थिए ।

ल फर्मले सम्बन्ध विच्छेदको फैसला भएको २ दिनपछि मात्रै गलत नाम परेको थाहा पाएको थियो । सम्बन्ध विच्छेद गराइएको जोडी सबन्ध विच्छेदको लागि तयार भइसकेका थिएनन् । वकिललले गरेको त्रुटिकै कारण कसैको सम्बन्ध विच्छेद गरिनु नहुने ल फर्मकी प्रमुख आयशा भाड्र्यागले भनेकी छिन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img