एजेन्सी ।
गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खर्बुजा खरबुजा देखिन्छ । यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ । बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ ।
तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू ? अनि किन खानु हुँदैन आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ।
खरबुजा खाएपछि नखानुस् यी चिजहरू
जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन। फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।
प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ । त्यसैगरी अण्डालगायत ओमेगा–३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन । यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।
गर्मीम धेरै चिसो मानिस खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ । खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।