spot_img
spot_img
spot_img

हेड र हैदराबादसामु नतमस्तक बने कीर्तिमान

spot_img

एजेन्सी ।

इन्डियिन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गर्दा थुप्रै कीर्तिमानहरू बनेका छन् । प्रतियोगिताको ३५ औँ खेलमा हैदराबाद ६७ रनले विजयी बन्यो । हैदराबादले प्रस्तुत गरेको २ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा मात्र १ सय ९९ रनमा सीमित बन्यो । हेरौँ शनिबारको खेलमा कस्ता–कस्ता कीर्तिमानहरू बने ।

  • १२५/० – छैटौँ ओभरको अन्त्यमा हैदराबादको स्कोर । कुनै पनि पुरुष टी–२० खेलहरूको पावरप्लेमा बनेको यो सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०१७ मा नटिङह्यामसायरले डरहामविरुद्ध ट्रेन्टब्रिजमा कुनै पनि विकेट नगुमाई १ सय ६ रन बनाएको थियो । आईपीएलमा भने सन् २०१७ मै कोलकाताले बैंगलुरुमा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध कुनै पनि विकेट नगुमाई १ सय ५ रन बनाएको थियो ।
  • ४.६ – १ सय रन पूरा गर्न हैदराबादलाई लागेको ओभरको सङ्ख्या । पुरुष टी–२० को इतिहासमा कुनै पनि टोलीले सबैभन्दा चाँडो शतक पूरा गरेको हो । यसअघि सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध ५.३ ओभरमा एक सय रन पूरा गरेको थियो । आईपीएलमा भने सन् २०१७ मा कोलकाताले बैंगलुरुमा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध र सन् २०१४ मा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध ५.६ ओभरमा सो उपलब्धि हासिल गरेको थियो ।
  • ८४ – पावरप्लेमा ट्राभिस हेडले बनाएको रन । पुरुष–२० खेलमा कुनै पनि खेलाडीले पावरप्लेमा बनाएको यो दोस्रो ठुलो स्कोर हो । यसअघि सुरेश रैनाले सन् २०१४ मा किंग्स इलेभेन पञ्जाबविरुद्ध ८७ रन बनाएका थिए ।
  • १६ – हेडलाई अर्धशतक बनाउन चाहिएको बलको सङ्ख्या । आईपीएलमा हैदराबादका लागि उनले सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड बराबरी गरेका छन् । यसअघि यही सिजनमा अभिषेक शर्माले यो उपलब्धि हासिल गरेका थिए ।
  • २४ – हैदराबादले पावरप्लेमा प्रहार गरेको बाउन्ड्रीको सङ्ख्या । पुरुष टी–२० मा कुनै पनि टोलीले हिर्काएको सबैभन्दा धेरै बाउन्ड्री हो । यसअघि सन् २०१४ मा श्रीलंकाले ससेक्सविरुद्ध २० वटा बाउन्ड्री प्रहार गरेको थियो । पहिलो ६ ओभरमा हैदराबादले प्रहार गरेको ११ वटा छक्का पनि शीर्ष रेकर्डसँग बराबरी हो ।
  • २०.६८ – हेड र अभिषेक शर्माबिच शतकीय साझेदारीका क्रममा रहेको रन रेट । आईपीएलमा यो सबैभन्दा उच्च हो । यसअघि क्रिस लिन र सुनिल नरेनबिच सन् २०१७ मा बैंगलुरुविरुद्ध १७.०२ को रन रेट थियो । उनीहरूले ६.१ ओभरमा १०५ रन जोडेका थिए । पुरुष टी–२० को इतिहासमा यो दोस्रो उच्च रन रेट पनि हो । यसअघि सामराह ब्रुक्स र इमाद वसिमले सीपीएल २०२२ मा ४.५ ओभरमा १०३ रन बनाएका थिए । उनीहरूको रन रेट २१.३१ रहेको थियो । एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img