spot_img
spot_img
spot_img

एक पटकमा २३५ जना बोक्न सक्ने विश्वको सबैभन्दा ठुलो लिफ्ट

spot_img

काठमाण्डौ ।

यो एलिभेटको आकार स्टुडियो अपार्टमेन्ट जत्रै छ । एक पटकमा १६ टनसम्म तौल बोक्ने यो विश्वको सबैभन्दा ठुलो एलिभेटर हो । सन् २०२२ मा फिनिश एलिभेटर निर्माता कम्पनी कोनले भारतको मुम्बईस्थित जियो वर्ल्ड सेन्टरमा यो एलिभेटर जडान गरेको थियो । उक्त भवनमा रहेको कन्भेन्शन सेन्टरमा विवाह वा प्रदर्शनी हुँदा एकै पटकमा धेरै जनालाई बोक्न भनेर यो एलिभेटर बनाइएको हो । यो क्षेत्रफल २५ दशमलव ७८ वर्गमिटरको छ ।

यसमा सिसाको चार प्यानल ढोका छ । भित्ताहरू पनि पारदर्शी सिसाकै छन् । एलिभेटर पाँच तलासम्म छ । यसभित्र यात्रीहरुलाई आरामका लागि दुई ओटा सोफा पनि राखिएको छ । सोफा प्रतिसेकेन्ड एक मिटरको गतिमा चल्छ ।

यो एलिभेटर बनाउन कति खर्च लाग्यो भनेर कोनले केही पनि बताएको छैन । तर यो एलिभेटर भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिले बनाउन लगाएकोले सस्तो त पक्कै नहोला ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img