spot_img
spot_img
spot_img

लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते

spot_img

काठमाण्डौ ।

बुधबार बिहान बेलायतको राजधानी लण्डन लण्डनमा घोडाले आतङ्क मच्चाउँदा ४ जना घाइते भएका छन् । बिच्किएर कुदेका ५ वटा सैन्य घोडालाई ठुलो कसरतपछि नियन्त्रणमा लिइएको थियो । त्यसअघि ती घोडाले केही सवारी साधनमा क्षति पुर्‍याएका थिए भने कम्तीमा ४ जनालाई घाइते तुल्याएको बताइएको छ । घाइते अवस्थामा ४ जनालाई अस्पताल लगिएको अधिकारीहरूको भनाइ छ ।

एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अभ्यासका क्रममा ती घोडा बिच्किएर भागेका हुन् । बकिङ्घम प्यालेस नजिकै निर्माण कार्य चलिरहेका कारण हो–हल्लाले गर्दा ती घोडा बिच्किएर भागेको बताइएको छ । ‘हाउसहोल्ड क्याभलरी’ का ती घोडा बेलायतको शाही कार्यक्रममा अहम् हिस्सा हुने गर्दछन् । दुई वटा घोडालाई पाँच किलोमिटर टाढा लाइमहाउसमा समातिएको थियो ।

व्यस्त ट्राफिक र हो–हल्लासँग अभ्यस्त बनाउन ती घोडालाई महिनौँसम्म लन्डनको सडकमा हिँडाउने गरिन्छ। प्रत्येक घोडामा एक सैनिक सवार हुने गरे पनि ती पाँच घोडा भाग्ने क्रममा आफूमाथि सवार सैनिकलाई लडाएका थिए । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img